इमिरेट्स एयरलाइन्सको विमान ट्युनिसियामा अवतरण गर्न प्रतिबन्ध

0

पुस १०, ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो दशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ । ट्युनिसियाका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई राजधानी ट्युनिसमा अवतरण गर्न नदिएको हो ।

ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दा अधिकारवादी संस्थाले विरोध गरेको तथा घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बिबिसीले जनाएको छ ।

कानुनको पालना तथा अन्तर्राष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ ।

तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ । दुबई एयरपोर्टमा ट्युनिसियन महिलालाई इमरेट्स एयरलाइन्सले गएको केही दिनदेखि चढ्न रोक लगाउने गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाका कारण यस्तो केही समस्या भएको तर ट्युनिसियन महिलालाई आफ्नो देशले पूर्ण सम्मान गर्ने युएईले बताएको छ । तर घटना के हो भन्ने बारे स्पष्ट खुलेको छैन ।

Share.

Comments are closed.

error: Content is protected !!