इमरान हासमीसँग अनुहार मिल्ने को हुन् त यी युवक ?

0

माघ १४, बलिउडका सिरियल किसर भनेर चिनिने इमरान हाशमी पछिल्लो दिन आफ्नो डुप्लिकेटका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा उनी जस्तै देखिने एक व्यक्ति मजदाक जानको तस्विर भाइरल भइरहेको छ । उनी ठ्याक्कै इमरान जस्तै देखिन्छन् । इमरान हाशमी जस्तै देखिने मजदाक पाकिस्तानका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेका मजदाकलाई इमरान हाशमीको डुप्लिकेट भन्ने गरिन्छ । इमरानसँग अनुहार मिलेपछि उनी रातारात चर्चित बनेका छन् । मानिसहरु उनलाई इमरान सम्झेर सेल्फी खिच्न झुम्मिने गरेका छन् ।

उनले एक अन्तर्वार्तामा पछिल्लो समय आफूले पाएको मायाबाट खुसी रहेको बताएका छन् । मजदाकले अब मोडलिङको साथै अभिनयमा पनि हात हाल्ने विचार गरिरहेको बताएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!