इन्टर स्कुल यक्टिंग आइडल कन्टेस्ट २०७५ सम्पन्न, बिजेताले पाए शर्ट मुभिमा अभिनय गर्ने अवसर [फोटो फिचर]

0

पिएनपिखबर, भक्तपुर। जी.एस संचार नेपालद्वारा निर्मित घनश्याम तिमल्सिना ‘एन्टिना’ को ‘विद्यार्थी’ नामक १८ औ शैक्षिक डकुमेन्ट्री चलचित्रको शुभ मुहुर्त समारोह सम्पन्न भएको छ। उक्त समारोह गोकर्णेस्वर-९, आरुबारी, काठमाडौँमा रहेको ग्रिन तारा चाइल्ड ह्याभेन स्कुलमा सम्पन्न गरिएको हो। प्याब्सन लगायत अन्य सहभागी विद्यालयको सहयोगमा उक्त समारोह सम्पन्न भएको हो।

२०६० सालमा कलाकार निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले ‘यो हाम्रो समय’ नामक शैक्षिक डकुमेन्ट्री फिल्म बनाए । त्यसपछि उनले प्लस टु, द टाइम, स्कुल, असल शिक्षा, शिक्षाको आँखा, कसको कर्तव्य के, परिणाम, द टिनेजर, राम दाइ जस्ता चर्चित शैक्षिक चलचित्र निर्माण निर्देशन गरे। हाल उनी नयाँ शैक्षिक चलचित्र विद्यार्थी निर्माण र निर्देशन गर्दै छन। यो उनको १८ औ शैक्षिक चलचित्र हो ।

यस्ता शैक्षिक डकुमेन्ट्री घनश्यामले धेरै पहिला देखि नै निर्माण गर्दै आएका हुन्। विद्यालय स्तर देखि नै बालबालिकालाई अभिनय कला सिकाउन जरुरत छ भनेर उनले विभिन्न विद्यालयहरुमा अभिनय कक्षा नै संचालन गरेका छन्। उनले अभिनय सिकाएका विद्यार्थीहरुले नै उक्त समारोहमा अभिनय सम्बन्धि दमदार वक्तब्य सहित नाटक समेत प्रस्तुत गरेका थिए।

इन्टर स्कुल यक्टिंग आइडल कन्टेस्ट २०७५ मा वोर्ल्ड युथ इन्टरनेसनल स्कुल, ग्रिन तारा चाइल्ड ह्याभेन स्कुल, वेब्स स्कुल र विद्या ब्यायाम स्कुल गरेर चार वटा विद्यालयका १९० जना विद्यार्थीले भाग लिएका थिए। उनीहरुलाई नाटक प्रस्तुत गर्न द टाइम, टिनएजर लगायतका तिन वटा विषय दिइएको थियो। ९ वटा टिमले उक्त कार्यक्रममा आफ्नो नाटक प्रस्तुत गरेका थिए। ति नौ वटा टिम मध्य उत्कृष्ट छान्नको लागि वरिष्ठ शिक्षक, पत्रकार र कलाकार भनेर चिनिने पदम प्रशाद पौडेललाई जीम्मा दिएको थियो।

९ वटा टिमले प्रस्तुत गरेको नाटक विद्यार्थी स्वयम् र परिवारलाइ लक्षित गरेर तयार परिएको थियो। नाटक करिव १५ मिनेट देखि १ घण्टा सम्मको प्रस्तुत गरिएको थियो। सबै विद्यार्थीले आफ्नो तर्फबाट उत्कृष्ट अभिनय पस्किन खोजेता पनि विजेता भने जम्मा ५ जना छानिएका थिए। प्रतिमा राइ (विद्या ब्यायाम स्कुल), रिन्जिन लामा (ग्रिन तारा चाइल्ड ह्याभेन स्कुल), सुबाश चौलागाईं (वेब्स स्कुल), सुलोचना सूचीकार (वोर्ल्ड युथ इन्टरनेसनल स्कुल) र दिक्षा घिमिरे (वोर्ल्ड युथ इन्टरनेसनल स्कुल) उत्कृष्ट अभिनय गर्नेमा पर्न सफल भएका थिए।

इन्टर स्कुल यक्टिंग आइडल कन्टेस्ट २०७५ मा घोषित ५ जना विजेताले पिएनपि मिडिया प्रालिले निर्माण गर्ने शर्ट मुभीमा अभिनय गर्ने अवसर समेत पाउने भएका छन्।

Share.

Comments are closed.

error: Content is protected !!