इडलिब हमला २१ औँ शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसङ्घ

0

जेनेभा, स्वीट्जरल्याण्ड, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने प्रमुखले सिरियामा रूसी सहयोग प्राप्त सरकारी सेनाले गरेको हवाई हमला २१ औँ शताब्दीकै विनाशकारी मानवीय क्षति निम्त्याउने घटना बन्ने चेतावनी सोमबार दिनुभएको छ ।

रुस, टर्की र इरानका राष्ट्रप्रमुखको पहलमा तेहरानमा केही दिन पहिले वार्ताका लागि पहल भएपनि उक्त प्रयास सफल हुन नसकेपछि रुसी सहयोगप्राप्त सिरियाली सेनाले सिरियाली विपक्षी दलहरूको प्रभाव क्षेत्रमा शनिबारदेखि आक्रमण थालेका हुन् ।

इडलिबमा एक्काइसौँ शताब्दीकै भयानक दुर्घटनालाई जोगाउने हो भने धेरै समय नलिइकन यसको समाधानको प्रयास थाल्नु जरुरी रहेको छ, जेनेभास्थित राष्ट्रसंघीय प्रतिनिधि मार्क लोककले सञ्चारकर्मीसँग बताउनुभयो ।

उहाँको भनाई इरान तथा रूसी सहयोग प्राप्त सिरियाली फौजले सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिमी प्रान्तमा आगामी दिनमा हुने भनी आएका हवाई आक्रमणसम्बन्धी सूचनापछि आएको हो । सेनाले उक्त क्षेत्रमा शनिबारदेखि नै आक्रमण शुरु गरिसकेको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!