इंग्ल्याण्डको पहिलो बाधा ट्यूनीशिया, इंग्ल्यान्डको विरुद्ध भिड्नेछ ट्यूनीशियाको टिम

0

पिएनपिखबर, भक्तपुर : चार वर्ष पहिले ग्रुप चरणमा बाहिरिएको इंग्ल्याण्डको टिम आज सोमबार ट्यूनीशियासँग भिड्नेछ। यसमा कुनै शंका छैन कि कोच गेरेथ साउथगेटको युवा ब्रिगेड ट्यूनीशियाको विरुद्ध पुरा तीन अङ्क हासिल गर्ने प्रबल प्रतिनिधि हुन् तर उसको विरोधी टिमबाट मिल्ने चुनैतीबाट सतर्क रहनुपर्नेछ।

यदि थ्री ल्यान्सको टिम यस प्रतिस्पर्धामा हार्यो भने यो चकित पार्न परिनाम हुनेछ। इंग्लिशको टिम २००२ र २००६ दुबैमा क्वाटर फाइनलमा पुगेको थियो र २०१० मा अन्तिम – १६ मा हारेको थियो। सन् २०१४ मा ग्रुप चरणमा बाहिरिएको थियो। ह्यारी केनको नेतृत्वमा टिमले नाइजीरिया र कोस्टा रिका विरुद्ध दुवै मैत्री अभ्यास म्याच जितेको थियो। जून २०१७ मा फ्रान्सले २-३ को हार पछि उसले कुनै म्याच गुमाएको छैन। टिमको तयारी राम्रो हुनुको साथै खेलाडीमा निकै उत्साह देखिन्छ।

कहिले अफ्रिकी टिमसँग हारेको छैन इंग्ल्याण्ड

इंग्ल्याण्डको टिम विश्व कपमा कहिले पनि अफ्रिकी टिमबाट हारेको छैन। आफ्नो पछील्लो पाँच विश्व कपमा मात्र सन् २००६ मा ग्रुप चरणको शिर्षमा रहेको हो। यस विश्व कपमा खेलिरहेका सबै टीम मध्य इंग्ल्याण्ड एकमात्र यस्तो टिम हो जसको सबै खेलाडी घरेलु लीगमा आफ्नो कल्बको लागि खेल्ने गर्छन।

सन् २००६ पछि पहिलो पटक विश्व कप खेल्न लागेको ट्यूनीशियालाई इंग्ल्याण्ड र बेल्जियमबाट कडा चुनौती मिल्नेछ। ट्यूनीशिया कहिले पनि ग्रुप चरणबाट बाहिरिएको छैन। तर पछिल्लो टुर्नामेन्टको लागि क्वालिफाई हुन् सकेन। कोच नाबिल मालोलको टिम राम्रो फर्ममा देखिन्छ। पोर्चुगल र टर्कीसँगको मैत्री म्याचमा ट्यूनीशियाले खेल ड्र मै रोकिएको थियो । तर अन्तिम म्याचमा स्पेनसँगको रोमान्चक प्रतिस्पर्धामा ०-१ पराजित भएको थियो।

र्याङ्किङ्ग
इंग्ल्याण्ड : १२ :12
ट्यूनीशिया : २१
म्याच : ०२
इंग्ल्याण्ड : जीत ०१
ट्यूनीशिया : ००
ड्र : १

Share.

Comments are closed.

error: Content is protected !!