आश्रित परिवारलाई २२ लाख क्षतिपूर्ति

0

रसुवा, १ असोज : पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ । रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा गत भदौ ३० गते दुवै जनाको मृत्यु भएको हो ।

रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैह्रेकाअनुसार उनहरुको परिवारलाई जनही रु ११ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरिएको हो । मृतकका परिवारलाई दशैँ खर्चसहित दुई महिनाको पारीश्रमिकसमेत उपलब्ध गराइनेछ । चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजनाबीच उक्त सहमति भएको हो । उनीहरुको शव रसुवा अस्पतालमा परीक्षण गरेलगत्तै दाहसंस्कारका लागि आजै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!