आमासँगै स्कुटरमा सवार ७ वर्षीय छोराले होमवोर्क गर्दै गरेको भिडियो भाइरल बन्दै (भिडियोसहित)

0

एजेन्सी : मोबाइलफोन, इन्टरनेट, फेसबुक, भिडियो गेम लगायतका प्रबिधिका कारण आजका बालबालिकाहरुले प्रायजसो पढाईलेखाईमा ध्यान दिन छाडेका छन् ।

तर यो भिडियोमा देखिएका यी स्कुटरमा सबार बालकलाई हेर्दा लाग्छ आम धारणा गलत हो । व्यस्त सडकमा एउटी महिलाले चलाईरहेको स्कुटरको पछाडि एक बालक आफ्नो स्कुलको गृहकार्य गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

भिडियोमा एउटी महिलाले स्कुटर निश्चित भएर गुडाइरहेको देखाईको छ र उनको पछाडि एउटा स्कुले बालक बसेर गृहकार्य गरिरहेको छ । उसो त एउटी बालिका पनि सोही स्कुटरको अगाडी सबार छिन् ।

भिडियो हेर्दा लाग्छ आमा आफ्नी छोरोलाई स्कुलबाट घर ल्याउँदै छिन् । भिडीयोलाई अहिलेसम्म हजारौ जनाले हेरिसकेका छन् र सकारात्मक कमेन्ट पनि गरेका छन् । तर व्यस्त सडकमा यसरी गुडिरहेको स्कुटरको पछाडि बालकलाई राखेकोमा केहीले स्कुटर चालक आमाको लापरबाही पनि भनेका छन् ।

हुर्नेुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!