आफ्नो रेकर्ड तोडिदिएको रिसमा बलर सुनिल नारायण ब्याटिङ गर्न मैदानमा उत्रिएपछि…

0

एजेन्सी। हिजो भएका आइपिएलका २ खेलमा निकै रोचक कनेक्सन देखियो । पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबका ओपनर लोकेश राहुलले १४ बलमा अर्धशतक पूरा गर्दै आइपिएलमा सबैभन्दा छिटो अर्धशतकको नयाँ रेकर्ड कायम गरे ।

यसअघि २ जना खेलाडीले १५ बलमा अर्धशतक पूरा गरेका थिए । दुवै खेलाडी एउटै टिम कोलकाता नाइटराइडर्सका थिए –युसुफ पठान र सुनिल नारायण । आफूले एक वर्षअघि मात्र बनाएको रेकर्ड राहुलले तोडिदिएपछि नारायण भित्रभित्रै मुर्मरिएका थिए । लगत्तै हिजोको दोस्रो खेलमा उनको पालो आयो । हिजोको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध कोलकाताको तर्फबाट उनले सुरुमै ब्याटिङ गर्न पाए ।

अघिल्ला कप्तान गौतम गम्भीरको फर्मुला प्रयोग गर्दै यस वर्षका कप्तान दिनेश कार्तिकले पनि नारायणलाई ओपनिङ गर्न पठाएका थिए । नारायण बलर हुन् र उनी सामान्यतया अगाडि ब्याटिङ गर्न आउँदैनथे । कहिलेकाहीँ मात्र उनलाई फरक परीक्षणको रुपमा ओपनिङको लागि पठाइन्छ । तर, हिजोको खेलमा ओपनिङ गर्न पाएका नारायण पनि यतिसम्म आक्रामक खेले कि उनले १७ बलमै अर्धशतक पूरा गरिदिए । उनको यही इनिङको जगमा कोलकाताले हिजोको खेल जित्यो । स्मरणीय छ नारायणले अघिल्लो वर्ष १५ रनमा अर्धशतक पनि बैंगलोरविरुद्ध उसैको होमग्राउण्डमा बनाएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!