आफ्नो रिसाएकी प्रेमिकालाई यसरी फकाए सन्जिबले [भिडियोसहित]

0

पिएनपिखबर, भक्तपुर। गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्बजनिक गरिएको छ । अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो उक्त गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको थियो यस गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए ।

गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरिएको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ ।

मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सन्जिबले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाइ एसिएन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस् म्युजिक भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!