आफ्नो दुधे बालकको जीवन रक्षाको भिख माग्दै यी आमा [हेर्नुहोस् मार्मिक भिडियो]

0

पिएनपिखबर, भक्तपुर। अर्घाखाँची पाणेनी-१ निवासी रामु बहादुर परियार वैदेशिक रोजगारको लागि भनेर काठमाडौँ आएका थिए। उनी आफ्नो स- परिवारसँग हाल बसुन्धारा, काठमाडौँमा भाडाको कोठामा बस्छन्। रामुको परिवारमा एक श्रीमती, ८ वर्षीय एक छोरि, २८ महिनाको एक छोरा र आफु गरेर ४ जनाको सदस्य छन्।

नेपालमा राम्रो कमाई नभएर घर खर्च धान्न मुस्किल भएपछि उनले विदेश जाने निर्णय गरेका थिए। तर एक्कासी उनको परिवारमाथि ठुलो बज्रपात पर्यो। उनको एक्लो छोरा रनिकलाई झाडापखाला लाग्ने, ज्वोरो आउने जस्तो समस्या देखिन थाल्यो। उनले नेपालको नाम चलेको ठुल्ठुला अस्पतालमा जचाउन लगे। शुरुमा त उनले टिचिङ् अस्पतालमा लगेर भर्ना गरे। त्यहाँ स्वस्थमा सुधार नभए पछि छोरालाई रामुले मिनभवन, काठमाडौँ स्थित सिभिल सर्भिस हस्पिटलमा पुर्याए। त्यहाँ पनि रोग पत्ता लागेन। कहिकतै रोगको पत्ता नलागेपछि सिभिल सर्भिस हस्पिटलले उनलाई इण्डिया गएर रोग पत्ता लगाउन रिफर गर्यो।

आफ्नो मुटुको टुक्रा छोरालाई एक्कासी स्वास्थ्यमा समस्या देखा परे पछी रामु विदेश नजाने भए। विरामी छोरालाई छोडेर जान उनको मनले मानेन। बाबुको मन न हो। उनलाई आफ्नो छोरा भन्दा पैसा प्यारो लागेन। त्यसैले पनि उनी स्वदेशमा नै रहेर आफ्नो परिवारसँग बस्ने निर्णय गरे।

सिभिल सर्भिस हस्पिटलको रेफेरेंसमा रामु बहादुर परियार र उनको श्रीमती राधा परियार छोराको उपचार गर्न नयाँ दिल्ली प्रस्थान गरे। त्यहाँ उनले सफदरजंग अस्पतालमा छोराको उपचार गर्ने निर्णय गरे। उपचारको क्रममा रनिकलाई थाला सिमिया गर्नु पर्ने भएको जानकारी आयो। थाला सिमिया भनेको बोन म्यारो ट्रान्सप्लान्ट गर्नु हो। दश हजार मध्य एकजनालाई लाग्ने रोग थाला सिमियाको उपचार एकदम महँगो छ। इण्डियामा आइसी दश लाख लाग्ने बताए पछी उनीहरुले छोरालाई नेपालमा नै उपचार गर्ने सोचे।

रामु बहादुर परियार र उनको श्रीमती राधा परियारले करिब एक महिना नयाँ दिल्लीमा बसेर रनिकको उपचार गराए। रोगको पत्ता लगाए। रनिकलाई थाला सिमिया गर्नु पर्ने भएको रहेछ। त्यसपश्चात यो रोगको नेपालमा नै उपचार सम्भव हुने भएकोले उनीहरु पुन: नेपालमा नै फर्केर आए।

रनिक जन्मिएको चार महिना देखि उनलाई यो रोग देखा परेको थियो। अहिले उनी २८ महिनाका भए। नेपालमा सिभिल सर्भिस अस्पतालमा थाला सिमिया गर्न अहिले सत्र लाख लाग्ने बताइएको छ। दैनिक जिविको पार्जनका लागि अरुको टेलरमा लुगा सिलाउन बसेका रामुको लागि सत्र लाख भनेको सानो तिनो रकम होइन। आर्थिक अवस्था कम्जोर भएकै कारण उनको उपचार अहिले सम्म हुन सकेको छैन।

उपचार गर्न पैसा नजुटे पछि अस्पतालले रगत फेर्ने अर्को बिकल्प पनि दिएको छ। सोहि अनुरुप अहिले रनिकलाई १२ -१२ दिनको अन्तरालमा रगत फेरेर बचाइएको छ। ‘शुरुवातमा एक एक महिनामा रगत फेरिने गरेको तर अहिले तव १२-१२ दिनमा नै फेर्न पर्छ।’ भावुक हुँदै रामुले भने।

रनिकको जीवन बचाउन ‘रनिक परियार बचाउ अभियान’ पनि नथालिएको होइन। तर उक्त अभियानबाट अहिले सम्म जम्मा एक लाख पन्ध्र हजार जम्मा भएको रामुको भनाई रहेको छ। एक चोटी शरीरको सबै रगत फेर्दा रनिकलाई २५०० देखि ३००० सम्मको खर्च लाग्छ। हालको मिति सम्म उनको शरीरमा २२ चोटी रगत फेरीसकिएको छ। अब छिट्टै रकम जम्मा भइदिए उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्ने भनिएको छ।

माया ममताकि भवसागर आमा नै हुन्। रनिककि आमा राधा परियारले आफ्नो छोरालाई बोन म्यारो दिने भएकी छिन्। अब खाचो सहयोगी मनको छ। विशाल हृदय पारेर आफुले सकेजति तपाईहामीले सहयोग गर्यौ भने पक्कै पनि रनिकको जीवन फेरी स्वस्थ हुनेछ। हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउछ भने हामी किन सहयोग नगर्ने। सके धेरै नसके थोरै भएपनि सहयोग गरीनु हुन् सबैलाई बिनम्र अनुरोध छ।

हामी आशा गर्दछौं कि तपाईंहरुको तर्फबाट सकेको सहयोग हुनेछ र यो न्युज शेयर गरेर सबैको माझ पुर्याइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं ।

सहयोगको लागि सम्पर्क

रामु बहादुर परियार : ९८४९७४५६५०

बैंक अफ काठमाडौँको खाता नं. ०३४४०००००५००५२४

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!