आनन्द आहुजाले गरे नयाँ चलनको शुरुवात, आफ्नो नामसँग सोनामको नाम जोडेपछि उठ्यो नयाँ बहस

0

पिएनपिखबर, भक्तपुर : बलिउड सोनाम कपुर र आनन्द आहुजा बिबाह देखिनै लगातार चर्चामा आइरहेका छन्। हालै सोनामको श्रीमानले यस्तो काम गरे जसले विश्वभर विवाद चलिरहेको छ।

विवाहपछि श्रीमती आफ्नो श्रीमानको नाम र थर आफ्नो नामसँग जोड्ने गर्छन तर आनन्दले एउटा नयाँ चलन शुरु गरेका छन्। लामो समय देखिको प्रेम सम्बन्ध पछि वैवाहिक जीवनमा बाधिएका यी दम्पती केहि न केहि प्रसंगले चर्चामा चुलिएका छन्।

सोनाम विवाहपछि तुरुन्तै ‘सोनाम कपुर आहुजा’ बनेकी थिइन्।त्यसपछि मानिसले सोनाम कपुरको जमेर खिल्ली उडाए कि उनि फेमिनिस्ट भएर पनि आफ्नो श्रीमानको नामको बोझ उठाएर हिड्नेछिन। सोनामले सोनामले आफ्नो नाम बदलिने वित्तिकै सामाजिक संजालमा ट्रोलहरु फैलिए।

 

यता सोनामको श्रीमानलाई पनि थाहाँ थियो कि बेबाकीबाट आफ्नो विचार राख्ने सोनामसँग यस्तो हुनसक्छ यसकारण उनले नयाँबेंच मार्क शुरू गरे। उनले आफ्नो नामसंग सोनामको नाम जोडिदिए। आनन्दको नाम अब ‘आनन्द सोनाम आहुजा’ हो।

सोनमको विवाहपछि कांस फिल्म फेस्टिवललाई लिएर चर्चामा आएकी सोनाम आफ्नो र श्रीमानको लगातार इंस्टाग्राममा स्टोरीज पनि अपलोड गरिरहेकी छिन्। यता आनंद आहूजा पनि आफ्नो श्रीमतीको तारिफ गर्न कुनै मौका छोडिरहेका छैनन।

Share.

Comments are closed.

error: Content is protected !!