आटाको पिठोबाट घरमै यसरी बनाउनुहोस अण्डा रहित स्वादिष्ट चक्लेटी केक

0

पिएनपिखबर, भक्तपुर : आज हामी तपाईको लागि विना अण्डा प्रयोग गरी स्वादिष्ट चकलेट केक बानाउने रेसिपी लिएर आएका छौ। यो केक घरमै आटाबाट बनाउन सकिन्छ। यो बनाउन सजिलो छ र ओभन चूलोको आवश्यक पनि पर्दैन। अण्डा नहाली बन्ने भएकाले शहकारी व्यक्तिले पनि खान र बनाउन सकिन्छ। आउनुहोस जानौ अण्डा रहित स्वादिष्ट चकलेट केक बनाउने विधि बारे :

सामग्री :

गहुँको आटा – २५० ग्राम,

गाढ़ा दूध– २०० ग्राम,

पिसेको चीनी – १०० ग्राम,

बटर- १०० ग्राम

कोको पाउडर – ५० ग्राम,

बेकिंग पाउडर – १ सानो चम्चा

बेकिंग सोडा – १/२ सानो चम्चा

आईसि‍ंगको लागि सामग्री :

कोको पाउडर – २ चम्चा

धुलो चीनी- ४ चम्चा – 04 बड़े चम्मच,

पानी – ४ चम्चा

भनिला ऐसेंस–

विधि :

१. एगलेस केक रेसिपी बनाउनको लागि एउटा भाँडो लिनुहोस् जुन ५ लीटर कुकरमा राम्ररी अटावस। यस भाँडो भित्रको सबै सतहमा बटर लगाउनुहोस।

. अब गहूँक आटा, बेकिंग पाउडर र बेकिंग सोडालाई मिसाउनुहोस्। एक अर्को भाँडोमा घ्यु र चीनी मिसाएर राम्ररी फिट्नुहोस्। त्यसमा दुध हारेर फेरी घोल्नुहोस र त्यसमा अलि अलि गरेर आटा हालेर एक छिन् फिटिरहनुहोस्।

३. अब पेस्टमा थोरै-थोरै गरी दुध हालेर घोल्नुहोस। यसपछि कोको पाउडर मिसाएर फेरी फिट्नुहोस यो पेस्ट पकौडा बानाउने खालको हुनुपर्दछ। न त ज्यादा पातलो न त बाक्लो।

४. अब ५ लीटरको कुकरको मुनी एक कचौरो नुन हालेर बराबर फैलाउनुहोस्।यो तह अलि बाक्लो हुनुपर्छ जसले कुकरभित्र राखिएको केकको भाँडोलाई नछोहोस ।

५. यस पछि कुकरको ग्यासमा राखी तातो बनाउनुहोस। कुकर तातेपछि आगो सानो पार्नुहोस। अब घ्यु र मैदाको पिठो लागेको भाँडोमा केकको पेस्ट हालेर कुकरभित्र राख्नुहोस र बिर्कोको सिटि हटाएर लगाउनुहोस्।

६. लगभग ४० मिनेट पछि कुकरको बिर्को खोल्नुहोस् एक चक्कुलाई केक माथि राख्नुहोस। यदि चक्कुमा केक टास्यो भने केक ठिकसँग पाकेको छैन भने बुझ्नुहोस् यस्तो समयमा कुकरलाई बन्द गर्नुहोस र १० मिनेट अझ पकाउनुहोस। केक पाकेपछि ग्यास बन्द गरेर कुकरबाट झिकेर सेलाउन राख्नुहोस।

७. केक सजाउनको लागि आइसिंगको सबै सामग्री मिलाएर पेस्ट बनाउनुहोस। अब केकलाईइ चक्कुको मद्दतले भाँडोबाट छुटाउनुहोस्। केकलाई एक प्लेटमा राख्नुहोस र चक्कु वा चम्चाको मद्दतले आइसिंग पेस्टबाट केकलाई आफ्नो इच्छाअनुसार सजाउनुहोस।

  •  एगलेस चकलेट केक बनाउने विधि पुरा भयो । अब तपाई स्वादिष्ट एगलेस आटा केकलाई आफ्नै तरिकाले काटेर खान सक्नुहुनेछ।
Share.

Comments are closed.

error: Content is protected !!