आज पुष्य नक्षत्रको दिन, बन्दै छ सबैभन्दा शुभ मुहूर्त, धनलाभको लागि अपनाउनुहोस यी उपाय

0

पिएनपिखबर, भक्तपुर : यो नक्षत्र धेरै शुभ र सुखद फल प्रदान गर्नेछ। यी सबै २७ नक्षत्रमा सबैभन्दा श्रेष्ठ र नक्षत्रहरुको राजा मानिन्छ। भगवान रामको जन्म पनि यसै नक्षत्रमा भएको थियो।

यसपटक यो पुष्य नक्षत्र २० मे आजको दिन परेको छ। साथै यस दिन सर्वाथ सिद्धिको योग पनि बनिरहेको छ। जब यो नक्षत्र आइतबारको दिन जुर्ने गर्छ तब यस संयोगबाट रवि पुष्यको योग बन्दछ। जुन एकदमै शुभ मानिन्छ। यस योगमा ग्रहको सबै खराब गति अनुकुल हुने गर्छ जसको परिणाम सुखद मिल्नेछ। यस वर्ष ३ पुष्य र २ गुरु पुष्य संयोग बनिरहेको छ।

रवि पुष्य योगमा शुभ र मांगलिक कार्य गर्ने यसको परिमाण एकदमै शुभ हुन्छ। जब यस्तो खालको योग बन्छ भने विपरित प्रभाव छोड्ने छ। यस योगमा सबै खालको शुभ कार्यको परिणाम लाभकारी हुन्छ। यस शुभ योगमा सुनको आभूषण, सम्पति र वाहन आदि खरिद गर्नु लाभदायिक हुन्छ। रवि पुष्य योगमा नयाँ व्यापारको शुरुवात गर्न पनि श्रेष्ठ मानिन्छ।

यस शुभ योगमा साधना गर्दा हुने फाइदा :-

  • यस योगमा पुजा पाठको विशेष महत्व हुन्छ। धन र मान-सम्मानमा वृद्धि हुन्छ।
  • यस शुभ योगमा नयाँ कार्य गर्नाले त्यसमा नोश्चित सफलता प्राप्त हुन्छ।
  • जन्म कुण्डलीको अशुभ प्रभाव पनि कम हुन्छ।
Share.

Comments are closed.

error: Content is protected !!