आज गुरुङ समुदायको तमु ल्होसार धुमधामका साथ मनाइँदै

0

पौष १५, काठमाण्डौ : गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा धुमधामसँग तमु ल्होसार मनाउँदैछन् । आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।

गुरुङ समुदायले चरा वर्गलाई बिदाइ गरि कुकुर वर्गलाई स्वागत गरेर तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष चराको वर्ष थियो भने यस वर्ष कुकुरको वर्ष ( खि ल्हो ) रहनेछ । यस वर्ष भने कुकुरको शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्ने विश्वास गरिन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जातजातिले मनाउने विभिन्न चाडपर्वहरुले विश्वमा नेपालको छुट्टै पहिचान बनाएका छन् भने तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना वढाउन मद्दत पु¥याएको बताउनुभएको छ । यता पुस १५ गते एक दिन भएपनि घर बाहिर पकाएर खानुपर्ने मान्यता अनुसार परिवारका सबै सदस्य वनभोज जाने र मिठा खानेकुरा खाने चलन पनि छ । पुस १५ मा तेल अथवा घिउमा झ्वाईंय पारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको खाना खाने गरिन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!