आज गणेश चतुर्थीमा साँझ यसरी गर्नुहोस आरती, हुनेछन गणेश भगवान प्रसन्न

0

पिएनपिखबर, भक्तपुर : गणेश चतुर्थीमा भगवान गणपतिको आरतीको विना पुजा अधुरो मानिन्छ। गणेशजीको पुजापछि आरती गर्नाले दाम्पत्य जीवनमा सुख र सौभाग्य आउनेछ। त्यही घरमा समृद्धि पनि बढ्ने गर्छ। विहान र बेलुका दुवै समय गणेश जीको आरती गर्नु पर्दछ। आरतीको समय कयौ मानिस गल्ती गर्ने गर्छन। गणेश जीको आरतीमा बत्तीहरुको प्रकार, उनको संख्या, वाद्य यन्त्र र आरती घुमाउने दिशा जस्ता जरुरी कुराको ध्यान राख्नुपर्छ।

आरती गर्ने समय यी कुराको ध्यान राख्नुपर्दछ।
१. आरती शुरु गर्नुभन्दा पहिला ३ पटक शंख बजाउनुहोस। शंख बजाउने समय मुख माथिको तर्फ राख्नुहोस। शंखको मधुर स्वरमा शुरु गर्दै विस्तारै बढाउनुहोस्।

२. आरती गर्दा ताली बजाउनुहोस। घण्टा एक लयमा बजाउदै आरती पनि सुर र लयलाई ध्यान राख्दै गाउनुहोस। यसको साथै झांझ, मझीरा, तबला, हारमोनियम आदी वाद्य यंत्र बजाउनुहोस। आरती गाउने समय शुद्ध उच्चरण गर्नुहोस।

३. आरतीको लागि शुद्ध कपासबाट बनेको घ्यु हालेको बत्ती हुनुपर्दछ। तेलको बत्ती उपयोग गर्नबाट बच्नु पर्दछ। बत्तिको संख्या एक, पाँच, नौ, एघार र एक्काइस हुनसक्छ। आरती घड़ीको सुईको दिशामा लयबद्ध तरिकाबाट गर्नुपर्छ।

आरती –

जय गणेश जय गणेश जय गणेश देवा,
माता जाकी पार्वती पिता महादेवा।।

एकदन्त दयावन्त चारभुजाधारी,
माथे पर तिलक सोहे मूसे की सवारी,
जय गणेश जय गणेश जय गणेश देवा,
माता जाकी पार्वती पिता महादेवा।।

हार चढ़े, फूल चढ़े और चढ़े मेवा,
लड्डुअन का भोग लगे सन्त करे सेवा,
जय गणेश जय गणेश जय गणेश देवा,
माता जाकी पार्वती पिता महादेवा।।

अँधे को आँख देत कोढ़िन को काया,
बाँझन को पुत्र देत निर्धन को माया,
‘सूर’ श्याम शरण आए सफल कीजे सेवा,
माता जाकी पार्वती पिता महादेवा।।

दीनन की लाज राखो, शम्भु सुतवारी,
कामना को पूर्ण करो, जग बलिहारी,
जय गणेश जय गणेश जय गणेश देवा,
माता जाकी पार्वती पिता महादेवा।।

जय गणेश जय गणेश जय गणेश देवा,
माता जाकी पार्वती पिता महादेवा।।

Share.

Comments are closed.

error: Content is protected !!