आज गणेश चतुर्थीका दिन बन्दैछ यस्तो दुर्लभ संयोग, राहुद्वारा पिडित व्यक्तिहरुलाई मिल्नेछ राहत !

0

पिएनपिखबर : आज गणेश चतुर्थीका आगमन स्वाति नक्षेत्रमा आज बिहिबार भैरहेको छ। यसपटक गणेश चतुर्थीका दिन राहुद्वारा पिडित मानिसहरुलाई राहत मिल्नेछ। जसको जीवनमा स्थिरता छैन वा जति मेहेनत गरे पनि असफल भैरहेको छ भने आजको दिन यसो गर्नुहोस।

धेरै सालपछि ग्रहहरुको दुर्लभ संयोग
चन्द्रमा तुला राशीमा हुनु अत्यन्त शुभ मानिन्छ। किनकी तुला राशिमा बृहस्पति, शुक्र र चन्द्रमाको एकदम दुर्लभ संयोग बनिरहेको छ।

शुभ संयोग
स्वाती नक्षेत्र जसको स्वामी राहु हो। आजको दिन गणपति स्थापना र पुजा गर्नाले धन प्राप्त हुन्छ। तुला राशिमा चन्द्रमा बृहस्पति र शुक्रको संयोगले सबै मनोकामना पुरा हुन्छ। यस्तो स्थितिमा तपाइले गणेशजीको पुजा गरि आफ्नो मनोकामना पुरा गर्न सकिन्छ।

खुसियालीको लागि यसो गर्नुहोस
तिथि, नक्षेत्र र चन्द्रमाको स्थिति हेर्दै घरको मुख्यद्वारमा आँपको पातको तोरन बाँध्नुहोस्। यसले घरमा प्रेम र खुसियाली बनि रहन्छ।

दुबोको माला सेतो धागोले बाँधेर गणेशजीलाई समर्पित गर्नुहोस। यसो गर्नाले ऋणबाट मुक्ति पाउनुहुन्छ र राहुको दोष समाप्त हुन्छ।

केसरको तिलक लगाउनाले गुरु दोष समाप्त हुन्छ र विद्या, प्रतियोगिता, नोकरी र ब्यबसायमा सफलता प्राप्त हुन्छ।

गणेशजीलाई पान अर्पित गर्नाले सबै प्रकारको खुशी प्राप्त हुन्छ र सन्तान सुख प्राप्त हुन्छ।

गणेशजीलाई जनै चढाउनाले तपाई र तपाईको घरको सबै सदस्य सुरक्षित रहन्छन। रोग र दुर्घटनाबाट बचिन्छ।

Share.

Comments are closed.

error: Content is protected !!