आज अभिनेता शक्ति कपूरको जन्म दिन, हेर्नुस उनि कति बर्ष पुगे

0

एजेन्सी : आज बलिउड अभिनेता शक्ति कपुरको जन्मदिन हो । उनले ७ सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेका छन्। अभितेना शक्ति कपुर ३ सेप्टेम्बर १९५२ मा जन्मिएका हुन् । फिल्ममा खलनायकको भूमिका गर्ने उनी वास्तविक जीवनमा पनि त्यतिबेला भिलेन बने जब उनको स्टिङ अपरेशनको भिडियो बाहिरियो । भिडियोमा उनी एक युवतीसँग काम दिएको बदलामा यौन प्रस्ताव गर्दै गरेको देखिएका थिए । शक्तिले युवतीहरुलाई फिल्ममा भूमिका दिने बहानामा विभिन्न मागहरु गर्ने गरेको त्यतिबेला खुलासा भएको थियो।

सन् २००५ मा एक टिभी च्यानलबाट यो भिडियो प्रसारण भएको थियो । शक्तिले भिडियोमा ती युवतीसँग भनेका थिए ‘इण्डष्ट्रिमा यस्तो हुँदै आएको छ । आज जति पनि ठूला हिरोइन उचाइमा पुगेका छन् ती सबै यस्तै फेवर दिएपछि त्यहाँसम्म पुगेका हुन् ।’ शक्तिको यो भिडियोप्रति बलिउडका धेरैले कडा प्रतिक्रिया दिएका थिए । उनलाई बलिउडमा काम गर्नै प्रतिबन्ध लगाइयो । फिल्म तथा टिभी निर्माताको संगठनका तर्फबाट यश चोपडा, सुभाष घइ र अमित खन्नाले यो निर्णय गरेका थिए । सुभाष घइले भनेका थिए कि एक व्यक्तिको कारण पूरै इण्डष्ट्री बदनाम भएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!