Sunday, May 27

आजबाट सूर्यले राशि परीवर्तन गर्दै, यी ७ राशि हुनेहरुको चम्किनेछ भाग्य

0

पिएनपिखबर, भक्तपुर : सुर्य जब आफ्नो राशि परिवर्तन गर्छ तब सबै राशिमा यसको ठुलो असर देखिन्छ। आज जेष्ठ १ गते मंगलबारको दिन सुर्य वृष राशिना प्र्वेश गर्नेछ र अषाढ १ गते सम्म यस राशिमा रहनेछ। सुर्यले राशि परिवर्तन गर्नाले सबै राशिमा कस्तो प्रभाब पर्नेछ ? जान्नुहोस

१. मेष राशि : सुर्य मेष राशिलाई छोड्दै तपाईको राशिको दोश्रो भावमा गोचर गर्नेछ जसको कारण आउन लागेको ३० दिन तपाईलाई केहि समस्याको समाना गर्नु पर्नसक्छ। जीवनसाथीसँग सामान्य कुरामा पनि धेरै बहसबाजी हुनसक्छ।

२. वृष राशि : सूर्य ग्रह तपाईको राशिमा गोचर गर्नेछ जसकारण यस राशि हुने व्यक्तिहरुको आयमा वृद्धि हुनेछ । त्यसबाहेक धेरै अवसर प्राप्त हुनेछ, जसबाट तपाइको मनको मनोकामना पूरा हुने सम्भावना प्रबल रहेको छ । जागीरमा पद्दोनती प्राप्त हुने योग रहेको छ । वैवाहिक जीवनमा भने तनाव आउनसक्छ ।

३. मिथुन राशि : सूर्य ग्रह तपाइको राशिबाट १२ औ भावमा गोचर गर्नेछ । यस राशि हुने व्यक्तिहरुको लागी ठुलो आर्थिक लाभ प्राप्त हुने संकेत रहेको छ । सन्तान सुख लाभ हुने योग छ । धार्मिक यात्रामा जाने योग रहेको छ ।

४. कर्कट राशि : कार्यक्षेत्रमा शुभ समाचार प्राप्त हुने संकेत रहेको छ । आयमा वृद्धि हुनेछ र प्रभावशाली व्यक्तिको बीच सम्बन्ध बनाउने धेरे मौकाहरु प्राप्त हुनेछ । सरकारी जागीरेहरुको लागी प्रमोशन र विदेश यात्राको योग रहेको छ ।

५. सिंह राशि : सूर्यको प्रभावले तपाइको आयमा सकारात्मक रुप पर्नेछ साथै यस राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुन्छ । कार्य क्षेत्रमा तपाइको प्रमोशन हुनेछ । शुभ समाचार प्राप्त हुनसक्छ। सामाजिक प्रतिष्ठा बढ्न सक्छ।

६. कन्या राशि : अदालती मामिलामा फस्न सकिनेछ। तर यी सब हुदा-हुदै पनि तपाई आफ्नो विरोधिहरुलाई परास्त गर्न सक्नु हुनेछ। सन्तानबाट सुख प्राप्त हुनेछ ।

७. तुला राशि : सूर्यको राशि परिवर्तनले गर्दा जागीरमा मतभेद हुनसक्छ । कुनै गैर कानूनी विवादमा फस्न सकिनेछ । सावधान रहनुहोला । खर्चमा बढ्नेछ तर महिनाको अन्त्यमा कुनै खुशीको खबर सुन्न पाइनेछ ।

८. वृश्चिक राशि : जागीर परिवर्तनको योग बनेको छ। पितासंग मतभेद हुन सक्छ। बनेको काम बिग्रिन सक्छ । बिना कारण विवाद उत्पन्न हुन सक्छ । कुनै नयाँ काम बन्न सक्नेछ ।

९. धनु राशि  : यो राशी हुनेहरुल उन्नती गर्ने प्रबल योग छ । आयमा बढ़ोतरीको प्रबल संकेत रहेको छ । धार्मिक कार्य प्रति विश्वास बढ्नेछ ।

१०. मकर राशि : अचानक लाभ मिल्ने सम्भावना रहेको छ । जमीनको व्यापारमा फाइदा प्राप्त हुनसक्छ । घरमा कलह बढ्न सक्छ । प्राइभेट सेक्टरमा जागीर गर्नेहरुको लागी यो राशि परिवर्तनले शुभ समाचार दिन सक्छ ।

११. कुम्भ राशि : धनमा वृद्धि हुने उत्तम समय छ । समाजमा प्रतिष्ठा बढ्नेछ । व्यापार गर्नेहरुलाई फाईदाको योग रहेको छ । जीवन साथीको प्रेम प्राप्त हुनेछ । सवारी-साधन सम्बन्धी समस्या आउन सक्छ ।

१२. मीन राशि : मान सम्मानमा प्राप्त हुने योग रहेको छ । पुरानो अड्किएको पैसा प्राप्त हुने योग पनि बनिरहेको छ । लाभ मिल्ने प्रबल सम्भावना रहेको छ । आयमा वृद्धि हुनेछ । जागीरमा नयाँ प्रस्ताव प्राप्त हुनेछ । सूर्यको प्रभावबाट विरोधिहरु माथी जीत हासिल हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!