आगलागीबाट दुई घर नष्ट

0

राजविराज, २५ चैत: सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित दलित बस्तीमा आज आगलागी भएको छ ।गहुँको बाला पोल्ने क्रममा स्थानीयवासी प्रमेश्वर रामको घरमा आगलागी हुँदा निजको फुसको छानो भएको एकतले घर र एउटा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सो आगलागीबाट नगद जिन्सी, भाँडाकुँडा, लत्ताकपडासहित करीब रु दुई लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!