Sunday, May 27

आखिर के कती कारणले भएको रहेछ मकालु एयरको जहाज दुर्घटना ? दुवै पाइलटको मृत्यु । [भिडियो हेर्नुहोस]

0

मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए । ९एन एजेयु कलसाइनको जहाज बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो। दुर्घटनास्थल सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ। डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताए। भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!