आईपीएल: फाइनलको लागी भिड्दै कोलकाता र हैदरावाद

0

जेठ ११, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे इडेन गार्डेन मैदान कोलकातामा हुनेछ ।

समूह चरणको शीर्ष स्थानमा रहेको हैदरावाद पहिलो क्वालिफायरमा चेन्नाई सुपर किँग्ससँग पराजित भएको थियो । कोलकाताले भने इलिमिनेटरमा राजस्थान रोयल्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा हैदरावादसँगको भिडन्त पक्का गरेको हो । आज जित्ने टिमले उपाधिका लागि चेन्नाइको सामना गर्नेछ भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

पछिल्लो चार खेलमा शतप्रतिशत नतिजा निकालेको कोलकाता उत्कृष्ट फर्ममा देखिएको छ । तर लगातार चार खेल हारेको हैदारावादको पछिल्लो प्रदर्शन खस्किएको छ । प्रतियोगिताको फाइनल खेल पर्सि आइतबार मुम्बईमा हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!