आईपीएल: खर्बपति ब्यापारीका छोरा ३० लाखमा बिके

0

एजेन्सी : इन्डियन प्रिमियर लीग (आईपीएल) को ११ औँ सिजनको लिलामीको दोस्रो दिन पनि पहिलो दिनकै जस्तो रोचक रह्ययो। दोस्रो दिन फ्रेन्चाइजिज टिमहरुले खेलाडीको साख र भाग्य दुवैमाथि बाजी लगाएका हुन् । पहिलो दिनको लिलामीबाट निराश केही खेलाडीलाई पनि दोस्रो दिन राहत मिलेको छ । अर्कातिर अन्य कयौँ खेलाडीलाई दोस्रो दिन पनि निराशा मात्रै हात लाग्यो । त्यसैगरी नेपालका सन्दीप लामिछानेसहित केही नयाँ खेलाडीलाई पनि फ्रेन्चाइजिज क्लबले किनेका छन् ।

रोचक के छ भने धेरै खेलाडीले आईपीएलमा पुग्न पनि आफ्नो भाग्यमा भर पर्नुपर्छ । कयौँ पटक ठुला र दिग्गज खेलाडीलाई टिमले तोकिएभन्दा थोरै मूल्य हाल्ने अवस्था पनि देखिएको छ । त्यसको उल्टो नयाँ र युवा खेलाडीका लागि टिमले उत्साहित भएर खर्च पनि गरेका छन् । यस्तै, केही रोचक दृश्य दोस्रो दिनको लिलामी देखिएको छ ।

एकातिर अटो रिक्सा चालकका छोरा मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले ६० लाख भारतीय रुपैयाँमा किन्यो भने अर्कातिर भारतका शीर्ष उद्योगतिमध्ये एक कुमार मङ्गलम बिडलाका छोरा आर्यमन बिडलालाई पहिलो दिन कसैले किन्न चासो दिएनन् । तर, दोस्रो दिनको लिलामीमा उनलाई राजस्थान रोयल्सले ३० लाख भारतीय रुपैयाँमा किनेको छ ।

सन् २०१७ मा न्यूजील्यान्डविरुद्ध डेब्यु गरेका अटोरिक्सा चालकका छोरा हैदराबादका २३ वर्षीय ब्याट्सम्यान मोहम्मद सिराज आईपीएलको अघिल्लो सिजनमा दिल्लीको तर्फबाट खेलेका थिए । आपीएलका क्रममा उनले जम्मा ६ खेलमा सहभागी हुँदै १० विकेट पनि लिएका थिए । खर्बपति बाबुका छोरा आर्यमनले अघिल्लो साल मध्य प्रदेशका लागि पहिलो रणजी ट्रफी म्याच खेलेर आफ्‍नो प्रथम श्रेणीको करिअरको सुरुवात गरेका थिए ।

यस म्याचमा सर्वाधिक १६ का साथ दुई पारीमा २२ रन बनाएका थिए । समाचार अनुसार पहिले आर्यमन मुम्बईमा खेल्थे । तर लाखौँ कोशिश गर्दा पनि उनी मुम्बईबाट रणजी टीममा स्थान बनाउन नसकेपछि मध्य प्रदेशको टीमबाट खेल्न पुगेका थिए । उनका बाबु कुमार मंगलम बिडला चर्चित भारतीय उद्योगपति हुन् । आदित्य बिडला ग्रुपका अध्यक्ष पनि हुन् । भारतमा उनको समूहका सयौँ कम्पनी रहेका छन् । उनीसँग १२.८ बिलियन अमेरिकन डलर सम्पती रहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!