आईपीएलमा धमाका गरेका सन्दिप लामिछानेलाई राष्ट्रिय झण्डा सहित विमानस्थलमै भब्य स्वागत, सेल्फीखिच्नेको भिड [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। आईपीएल खेलेर नेपाली चर्चित क्रिकेटर सन्दिप लामिछाने आफ्नै देश नेपाल फर्किएका छन्। मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले स्वागत गरेका थिए ।

स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित हूँदा सन्दिप पनि भावुक देखिएका थिए । सुरुमा पत्रकार सम्मेलनमा बोल्दा निकै खुशी देखिएका सन्दिप जब राष्ट्रिय झण्डा सहित सर्मथकहरुले उनको सर्मथनमा नारबाजी गर्न थाले उनी केही भावुक पनि बने ।

सन्दिपलाई राष्ट्रिय झण्डा सहित भब्य स्वागत गरिएको माहोल निकै नै हेर्न लायकको थियो । उनलाई स्वागत गर्न भनेरै ठूलो संख्यामा खेल प्रेमीहरु विमानस्थलमा पुगेका थिए ।

सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले आफमा नपुग्ने भएपछि मौका पाएका थिए । तर, तीन वटै खेलमा राम्रो प्रदर्शन गरे । दिल्लीको टोलीमा राम्रा खेलाडीहरु रहेको र सुरुमै अवसर नपाए पनि पाएको अवसरमा राम्रो खेल्ने प्रयास गरेको सन्दीपले बताए । यसले आगामी दिनका लागि कति अवसर दियो भन्ने प्रश्नमा उनले त्यो आफूमा मात्र निर्भर नहुने बताए । ‘आगामी अवसर ममा मात्रै निर्भर हुँदैन । क्रिकेट संघको सुधार भएर घरेलु क्रिकेट धेरै भन्दा धेरै हुनु आवश्यक छ । मलाई लाग्छ नेपाली क्रिकेट धेरै माथी जाने छ । आउने वर्षमा पनि राम्रो खेलाडीहरु अझै आउने छन् । मभन्दा सिनियर दाइहरु पनि मभन्दा धेरै राम्रो हुनुहुन्छ’ उनले भने ।

एबीडी भिलियर्स र विराट कोहली जस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा प्रेसर महशुस भयो ? भन्ने प्रश्नमा उनले आफूले पनि उत्कृष्ट रहेको सोचेको खेलेको बताए । ‘उनीहरुसँग खेल्दा त्यस्तो प्रेसर त सोचिन । प्रेसर फिल गरेको भए मेरो प्रदर्शन त्यत्तिको हुने थिएन होला । आफूलाई पनि उत्कृष्ट नै सोचेर बलिङ गरेँ’ उनले भने । बिग बास खेल्ने भन्ने कुरा अहिले चलेको हल्ला मात्रै भएको र त्यसमा अवसर पाए आˆनो तर्फबाट राम्रो गर्ने उनले बताए । आईपीएल खेलिरहँदा वेस्ट इन्डिजविरुद्ध लर्डसमा हुने ट्वान्टी २० क्रिकेटका लागि वल्र्ड ११ मा पर्दा खुशी लागेको उनले बताए । त्यसले आफूलाई थप हौसला दिएको उनको विश्वास छ । उनले जहाँ जहाँ अवसर पाइन्छ त्यहाँ त्यहाँ नेपाललाई गर्व महसुश हुने काम गर्ने बताए ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!