आईपीएलबाट फर्केलगत्तै सन्दीप लामिछानेलाई कार उपहार

0

काठमाडौं, जेठ ९: इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरेर विश्वव्यापी रुपमा वाहवाहि बटुलेका सन्दीप लामिछाने मंगलबार नेपाल फर्किसकेका छन । आइपीएलबाट नेपाल फर्केलगत्तै सन्दीप लामिछानेले कार पाउने भएका छन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सन्दीपलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर तिनै खेलमा आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!