आइपीएलमा नेपालका सन्दिपको हाईहाई, अर्को सिजनको लागी सन्दिपको रेट एक करोडसम्म

0

काठमाण्डौं, ७ जेठ– चितवन घर भएका सन्दीपले पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडीको रुपमा इतिहास रचेका छन् । इण्डियन प्रिमियर लिग आइपीएलमा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो ।

जारी इण्डियन प्रिमियर लिग आइपीएलमा नेपालीले स्पिनर सन्दिप लामिछानेको टीम दिल्ली डेयर डेभिल्स बाहिरिएको छ । ऊ १४ खेलमध्ये ९ मा हार र ५ मा जित निकाल्दै १० अंकसहित तालिकाको पुछारमा छ । तर, सोही टोलीबाट १२ औँ खेलमा आइपीएलमा डेब्यू गरेका सन्दिपले भने चारैतिर हाईहाई कमाएका छन् ।

३ खेलबाट ५ विकेट लिएका सन्दिपले दिल्लीलाई समेत यसअघिका खेल नखेलाएको थकथकी लाग्ने बनाए । पहिलो र दोस्रो खेलमा समान १ विकेट लिएका सन्दिपले तेस्रो खेलमा आफूलाई थप निखारे र मुम्बई इन्डियन्सको ३ विकेट झारे । उनको उत्कृष्ट प्रदर्शनबाट दिल्लीले खेल जित्यो । र, सन्दिपको नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै चर्चा चुलियो । यसले उनको भविष्य सुन्दर देखाएको छ । तर, यससँगै उनीमा अब थप चुनौती भने पक्कै थपिएको छ ।

यसपटक सन्दिपले गरेको प्रदर्शनले आगामी आइपीएलमा पनि उनी अक्सनमा पर्ने पक्का भएको छ । र, उनलाई आफ्नो टोलीमा राख्न पनि धेरैले चासो देखाउने छन् । यस्तोमा सन्दिपको मूल्य कति होला त ? भन्ने चासो पनि पक्कै छ ।

यो सिजन २० लाखमा बिकेका सन्दिपको अर्को सिजन स्वतः डिमानड हाई हुनेछ र त्यससँगै पैसा पनि । जानकारहरुका अनुसार सन्दिपका लागि ५० लाखभन्दा माथि र १ करोडसम्म बोली लाग्न सक्छ । यो सारा नेपाली र नेपाली क्रिकेट टोलीका लागि खुसीको कुरा हो ।

अर्कोतर्फ सन्दिपले नेपालमा आफूजस्तै राम्रो क्रिकेट खेल्ने थुप्रै क्रिकेटर रहेको समेत बताउँदै आएका छन् । उनको यस कदमले अन्य नेपाली क्रिकेटरले पनि आइपीएलमा भाग लिने सम्भावना उत्तिकै बढेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!