आइपिएलमा जे नहोस् भन्ने चाहन्थे धोनी, उनकै टिम भयो त्यसको पहिलो शिकार

0

एजेन्सी। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई क्रिकेटका उत्कृष्ट खेलाडीमा गनिन्छ । उनलाई राम्रो विकेटकिपर र फिनिसर मानिन्छ । यसबाहेक उनको अर्को विशेषता पनि छ, उनी डिआरएस (डिसिजन रिभ्यू सिस्टम)का सबैभन्दा उत्कृष्ट एक्सपर्ट पनि हुन् ।

डिआरएसमा धोनी यतिसम्म एक्सपर्ट छन् कि उनका फ्यानहरुले डिआरएसलाई धोनी रिभ्यू सिस्टम पनि भन्छन् । उनले अम्पायरले कुनै गलत निर्णय गरेको निकै चाँडो पत्ता लगाएर रिभ्यू लिन सिपालु मानिन्छन् । यद्यपि धोनीले इण्डियन प्रिमियर लिग (आइपिएल)मा भने डिआरएस प्रणाली लागू होस् भन्ने चाहेका थिएनन् ।

धोनीले नचाहे पनि यस वर्षको आइपिएलका भने डिआरएस सिस्टम थपिएको थियो । १० सिजनसम्म डिआरएसबिना चलेको आइपिएलमा यस वर्ष पहिलोपटक डिआरएस प्रणाली लागू गरिएको थियो । रोचक त के भने डिआरएस सिस्टमको विरुद्धमा रहेका धोनीको टिम चेन्नइ सुपर किंग्सनै डिआरएसको पहिलो शिकार बनेको छ । पहिलो खेलमा चेन्नइका दीपक चहरको बलमा मुम्बइका इविन लुइस आउट भए । अम्पायरले एलबीडब्लु आउट दिएपछि लुइसले रिभ्यू मागे । यद्यपि रिभ्यूमा पनि उनी आउट नै देखिए ।

Share.

Comments are closed.

error: Content is protected !!