आइपिएलमा छनोट भएपछि नेपाली युवा स्पीनर सन्दीप लामिछानेले गरे खुशी ब्यक्त

0

माघ १५, आइपिएलमा छनोट भएपछि नेपाली युवा स्पीनर सन्दीप लामिछानेले खुशी ब्यक्त गरेका छन् । हाल युएईमा रहेका सन्दीपले अक्सनको सूचिमा आफ्नो नाम परेपछि छनोट हुने झिनो आशा रहेको प्रतिक्रिया दिएका छन् ।

यो सफलतालाई सामान्य रुपमा ‘ह्यान्डल’ गर्ने कोसिस गरिरहेको बताए । सन्दीपले स्टार खेलाडीहरुसँग ड्रेसिङ रुम सेयर गर्न पाउने कुराले रोमाञ्चित बनाएको बताए ।

क्रिकेट खेल्न सुरु गर्दा आइपिएल नै खेल्छु भन्ने नलागेको उनले प्रतिकृया दिए । तर सपना देख्न नछोडेको र त्यो सपना अहिले पूरा भएको उनले बताए ।

हाललाई डिभिजन टु मा केन्द्रित हुने पनि उनले बताए । दिल्लीको टिममा अस्ट्रेलियाका म्याक्सवेल, भारतीय खेलाडी गौतम गंभिर, अफगानिस्तानका मोहम्मद सामी, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट जस्ता स्टार खेलाडीहरु छन् ।

अक्सनमा भने इङल्यान्डका बेन स्टोक सर्वाधिक महंगा ओभरसिज खेलाडी बने । स्टोकलाइ राजस्थान रोयल्यसले १२ करोड ५० लाखमा खरिद गरेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!