Monday, May 28

आँप बगैँचामा युवकको शव फेला

0

महोत्तरी, २३ वैशाख : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा आँप बगैँचामा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार महोत्तरी गाउँपालिका–१ स्थित आँपको बगैँचामा स्थानीयवासी ३३ वर्षीय सुनिल यादवको शव झुण्डिएको अवस्थामा बरामद भएको हो । तर युवक यादव आफैँ झुण्डिएर मरेको वा उनको मृत्यु के कति कारणले भएको बारेमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!