अष्ट्रेलियन प्रधानमन्त्रीको हातबाट नेपाली जोडीले पाए अस्ट्रेलियन नागरिकता

0

राजधानी क्यानबेरामा आयोजित ‘अस्ट्रेलिया डे’ मुख्य कार्यक्रममा शुक्रबार बिहान अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोव, प्रधानमन्त्री माल्कम टर्नबुल , मन्त्रीहरु , उच्च उच्च सैनिक तथा प्रशासनिक अधिकारीहरु, कलाकार र हिजो अस्ट्रेलियाको नागरिकता प्राप्त गरेका केही परिवार र उनीहरूका आफन्तहरु उपस्थित थिए ।

एकजना आदिवासी अगुवाले शुभकामना दिएपछि सुरु भएको कार्यक्रममा प्रधानमन्त्री माल्कम टर्नबुलले नेपालबाट बसार्इ सरेको एक दम्पत्तिसहित ३२ जनालार्इ अस्ट्रेलियाको नागरिकताको प्रमाण पत्र बितरण गरे ।

अस्ट्रेलियाको संघीय सरकारको गृहमन्त्रालयले जनाए अनुसार हिजो अस्ट्रेलियाका विभिन्न तीन सय स्थानमा आयोजित कार्यक्रममा अस्ट्रेलियाले करिब १३ हजारलार्इ नागरिकता प्रदान गरेको छ ।

प्रधानमन्त्रीको हातबाट अस्ट्रेलियन नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली दम्पत्ति शक्ति जी.सी र सुमित्रा मुखियाले हिजो आफ्नो लागि खुशीको दिन भएको बताएका छन् ।

शक्ति र सुमित्रा नेपालको नवलपरासीबाट ९ वर्ष अघि अष्ट्रेलिया आएका हुन् ।

– अनलाइनखबर

Share.

Comments are closed.

error: Content is protected !!