अशोक दर्जी र ध्रुब बिकपछि भाइरल हुने पालो प्रसन्न पाठकको, गाउँछन् यति मिठो गीत [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। पछिल्लो समयमा सामाजिक सञ्जालहरुले लुकेका प्रतिभाहरुलाई संसारभर छिनमै पुर्याउन थालेको छ। विशेषगरी बालप्रतिभाहरुले विशेष स्थान जमाइरहेका छन्। धेरैभन्दा धेरै बालप्रतिभाहरुले आफ्ना प्रतिभाहरु पस्केर चर्चित बनेका छन्। यहिँ सामाजिक संजालले कतिलाई भाइरल बनाएको छ त कतिको भविष्य नै बनाउन मद्दत गरेको छ।

तिनै भिडमा प्रसन्न पाठक पनि आइपुगेका छन्। पुर्ख्यौली नुवाकोट चालिसेका प्रसन्न हाल धुम्बाराहीमा स्थायी बसोबास रहेको छ। १३ वर्षीय उनी मिठो गाउँछन्, विशेषगरी लोकगायनमा उनको स्वर कर्णप्रिय छ । यद्यपि उनले अन्य गीत भने नगाउने होइनन्, सबै गीतहरु राम्ररी नै गाउने गर्दछन् । विशेष गरी उनलाई ल्लोक दोहोरि गीत बढी मनपर्छ।

गायक बुबा राजेन्द्र पाठक र रीता पाठकको सुपुत्र हुन् प्रसन्न । उनका पिता लोक दोहोरि गायक हुन्। उनका प्रेरणाका स्रोत पनि उनका बुबा नै हुन्। बुबाको साथीहरुका कारण उनले धेरैवटा गीतहरुमा कोरससमेत गाइसकेका छन्। उनको आफ्नै युट्युब च्यानल समेत छ। उनले कभर सङ गाएर आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन्।

बोली फुटेदेखि नै गीत गाएको उनको अभिभावकहरु बताउँछन् । स्कुलमा गाउने गरेको तर कुनै प्रतियोगिताहरुमा भने भाग लिन नपाएको प्रसन्नले बताए । इन्साइट भिजन धुम्बाराहीमा कक्षा ९ अध्ययनरत उनी भर्सटाइल गायक बन्ने इच्छा राखेका छन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!