अल्फा कोरियन भाषा स्कूलको वार्षिक उत्सवमा साँस्कृतिक कार्यक्रम हुने

0

काठमाडौँ, १५ पुस : अल्फा कोरियन भाषा स्कूलको तेस्रो वार्षिक उत्सवको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अग्रेजी नयाँ वर्षको पावन अवसरमा सुर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने उक्त कार्यक्रममा चियापानको साथै सास्कृतिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा शुक्र लामा, अविशेक तामाङ्, जगत घिसिङ र प्रमोद मोक्तानको धमाकेदार सांगीतिक प्रस्तुति रहने अल्फाका अध्यक्ष तस्विर लामाले जानकारी दिए।

कार्यक्रम पुस १७ गते सोमबार दिउसो २ बजे देखि हुने आयोजकले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!