अमेरिका भ्रमणमा रोक लगाएपछि नेकपाले प्रदेश दुईको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीले प्रदेश दुईको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । संघीय सरकार र प्रदेश सरकारबीच बढ्दो तनावकाबीच नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको हो ।

तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकारको रवैयाका कारण समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताउनुभयो । उहाँले विकास र समृद्धिको बाटो छाडेर मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले मनपरि गरेको आरोप लगाउनुभयो । उता संघीय फोरम र राजपाका नेताहरुले भने प्रमुख प्रतिपक्ष काँग्रेसलाई नदिन नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्न खोजेको बताएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!