अमेरिकाले नपत्याएको आर्यनलाई अष्ट्रेलियाले पत्यायो, मध्यरातमा अष्ट्रेलिया हानिए आर्यन दम्पत्ति

0

नायक आर्यन सिग्देलले पटक-पटक अमेरिकाको भिषाको लागि माग गर्दा पनि अमेरिकाले आर्यनलाई भिषा दिएनन् । अमेरिकाले आर्यन सिग्देललाई पत्याएनन् । त्यसपछि आर्यन विभिन्न देश घुमिरहे, पछि त्यसैको झोकमा उनले अष्ट्रेलियामा भिषा माग गरेका हुन् । अष्ट्रेलियाले भिषा दिएपछि उनी आफ्नी पत्नी सपना भण्डारीसँगै भिजिट भन्दै आईतवार मध्यरातमा अष्ट्रेलिया उडेका छन्।

आर्यनले पर्सनल घुमघाम भन्दै अष्ट्रेलिया गएको बताएका छन् । यता फिल्म कायराको बाँकी काम छोडेर अष्ट्रेलिया जानुले केही रहस्य रहेको अनुमान लगाउन सकिन्छ । कतै विस्तारै आर्यन दम्पती अष्ट्रेलियमै सेटल हुन लागेका त हैनन्, भन्ने प्रश्न पनि यसले खडा गर्छ ।

यता आर्यनले नयाँ प्रोजेक्टको तयारी अष्ट्रेलियमा गर्न लागेको हुन् की भन्नेहरु पनि छन् । वास्तविकता के हो त्यो पछि थाहा हुनेछ । उनले निर्माण गरिएको फिल्म कायरामा नायिका साम्राज्ञी छिन् । फिल्मको रिलिज डेट तय गरिएको छैन । फिल्मको हाल पोष्ट प्रोडक्शनको काम भईरहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!