अमेरिकामा मिसाइल आक्रमण हुने भनेपछि स्थानिय त्रासित !

0

एजेन्सी : अमेरिकामा गलत समाचारले स्थानिय त्रासित बनेका छन् । हवाई राज्यमा मिसाइल आक्रमण हुन लागेको भन्दै सचेत गराउन सूचना पठाउने स्वीच गल्तीले थिच्दा सर्वसाधारण नागरिकमा त्रास फैलिएको हो ।

स्थानीय समय अनुसार शनिबार बिहान मिसाइल आक्रमण हुन सक्ने संकेत पाएपछि नागरिकलाई सचेत गराउने जिम्मासहित एक कर्मचारीले गल्तीबस स्वीच थिच्दा मिसाइल आक्रमण हुन लागेको सूचना सर्वसाधारणको मोवाइलमा गयो ।

सर्वसाधारणको मोवाइलमा ब्यालेस्टिक मिसाइलको खतरा हवाईमा बढेकाले तत्काल सुरक्षित स्थानको खोजी गर्न र यो झुठ होइन भन्ने सूचना गयो । तर त्यसको केही समयपछि गल्तीबस मिसाइल अलर्ट स्वीच थिच्दा सूचना गएको भन्दै माफी मागिएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!