अमेरिकामा घर किनबेच र ट्याक्स फाइल गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ? जानी राखौ

0

अमेरिकाको भर्जिनियामा नेपालीहरुद्वारा सञ्चालित नेपाली रियल्टर डट कम र एडी ट्याक्सले भर्जिनियामा घर किनवेच र कर दाखिला गर्ने विषयमा जानकारीमूलक सेमिनार सम्पन्न गरेको छ।

रियल्टर निशेष भट्टराई र कर विज्ञ अर्जुन दाहालले संयुक्तरुपमा गत हप्ता सञ्चालन गरेको सो सेमिनारमा अमेरिकामा घर किनबेच, होम लोन तथा कर दाखिला सम्बन्धी ध्यान दिनु पर्ने विषयमा जानकारी गराएका थिए।

रियल्टर भट्टराईले घर खरिद गर्न बनाएको योजनादेखि घरको चावी हातमा लिने अवधिसम्मका चरणहरु, बैंकबाट ऋण लिन आवश्यक कागजपत्र लगायत घर किन्ने प्रकृयामा गर्न हुने र नहुने विषयमा जानकारी गराएका थिए।

साथै एनएफएम लेण्डिङगका सिनियर लोन अफिसर होर्हे सरानोले ऋणका प्रकारहरुका बारेमा अबगत गराएका थिए। त्यस्तै कार्यक्रमको दोश्रो चरणमा एडी ट्याक्सका अर्जुन दाहालले ट्याक्स फाइल गर्दा परिवार संख्या, परिवारको आम्दानी लगायतका विषयको आधारमा सरकारले ट्याक्स रिटर्न गर्ने वा सरकारलाई ट्याक्स तिर्नु पर्ने कुराको निर्धारण हुने बताए।

गलत बुझाई भएका व्यक्तिहरुको गलत व्याख्याको भरमा परेर वा सरकारबाट धेरै ट्याक्स फिर्ता गराइदिन्छु भन्नेहरुको गलत सल्लाहमा परेर कर दाखिला गर्दा ठूलो मूल्य चुकाउनु पर्ने कुरामा समेत सचेत गराएका थिए।

दाहालले आगामी वर्षदेखि कर दाखिला सम्बन्धमा परिवर्तन भएका सरकारी प्रावधानका बारेमा समेत जानकारी गराएका थिए। कर सम्बन्धी विषयमा अर्का कर विज्ञ राजन अधिकारीले पनि सहभागिलाई जानकारी गराएका थिए।

कार्यक्रममा सहभागिहरुले उल्लेखित विषयहरुमा खुलेर जिज्ञासा राखेका थिए भने प्रस्तुतकर्ताहरुले ती जिज्ञासाको जवाफ दिएका थिए। विषय विज्ञहरुले दिएको घर किनबेच सम्बन्धी उक्त जानकारीले अनावश्यक झमेला व्यहोर्नु पर्ने वा भविष्यमा दुःख पाउनबाट जोगिने सहभागीको प्रतिक्रिया थियो।

कार्यक्रमपछि सहभागि अनिभ मैनालीले भने, ‘घर किनेबेच गर्न यति धेरै कुरा बुझ्नु पर्ने भन्ने नै थाहा थिएन। त्यस्तै ट्याक्स फाइल गर्दा कसरी धेरै फिर्ता आउँछ भन्ने सोच राख्नु ठिक होइन रहेछ भन्ने बल्ल बुझें। घर किनबेच गर्दा र ट्याक्स फाइल गर्नु आगडि धेरै बुझ्नु पर्ने रहेछ।’

कार्यक्रममा सहभागिहरुका अनुसार नेपाली रियल्टर डट कम र एडी ट्याक्सले आयोजना गरेको उक्त सेमिनार उपयोगी भएको प्रतिक्रिया दिएका थिए। रियल्टर निशेषले कार्यक्रमको अन्त्यमा यस्तो निशुल्क सेमिनार महिनामा एक पटक डिसी महानगर क्षेत्र भित्र विभिन्न स्थानहरुमा गर्दै जाने र विशेष गरी नेपाली समुदायलाई यस विषयमा सहयोग गर्ने समेत आश्वासत दिए।
-डिसी नेपाल

Share.

Comments are closed.

error: Content is protected !!