अमेजनमा देखियो अनौठो जीव, विज्ञान जगतमा मच्चियो हलचल

0

अमेजन यी दिनहरुमा विशेष चर्चामा रहेको छ । अमोजन अहिले चर्चामा रहनुको पछाडी यहाँ पाईएको विशेष प्रजातिको जीव रहेको छ । यसै कारणले विज्ञान जगतमा हलचल आएको छ । जो कोहीले यस जीवको विशेषताको बारेमा थाहा पाए पछि पत्यार नलाग्न सक्छ ।

एक मिडिया रिपोर्टको अनुसार वैज्ञानिकहरुले अमेजनको वर्षा वनमा पहिलो पटक यस जीवलाई देखेका छन् । सूचना अनुसार यो एक हाइब्रिड पंक्षी हो । वैज्ञानिकहरुले यो दावा गरेका छन् कि हाइब्रिड पंक्षी पाईनु यो पहिलोपटक हो ।

वैज्ञानिकहरुले यसको नाम ‘गोल्डेन क्राउण्ड मेनाकिन(Golden-crowned manakin)’ राखेका छन् । सूचना अनुसार यो पंक्षी सबै-भन्दा पहिले १९५७ मा ब्राजिलमा देखिएको थियो । त्यस पश्चात २००२ सम्म यसलाई कसैले पनि देखेको थिएन ।

यो पंक्षी ‘ठिमाहा प्रजाति’ को बताईएको छ । क्यानाडाको युनिभर्सिटी अफ टोरेन्टको जेसन वेइर अनुसार जब दुई अभिभावक प्रजातिहरु सम्पर्कमा आउछन् तब एक नयाँ प्रजातिको जन्म हुन्छ र यसले स्वतन्त्र रुपमा अन्यलाई जन्म दिन्छ र ठिमाहा प्रजाति अस्तित्वमा आउने गर्दछ ।

यस अवस्थामा दुई अभिभावक प्रजातिहरु स्नो क्याप्ड मेनाकिन( snow-capped manakin) र ओपल क्राउण्ड मेनाकिन (opal-crowned manakin) छन्। स्नो क्याप्ड मेनाकिनको शिरमा बरफ जस्तो सेतो ताजको निशाना हुन्छ , जबकी ओपल क्राउण्ड मेनाकिनको शिरमा शानदार ईन्द्रधनुषको ताज जस्तो पंख हुन्छ। एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!