अमरगढी नगर खोप सुनिश्चित घोषणा

0

डडेल्धुरा, १ असोज :डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगर घोषणा गर्नुभएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार नगरका सबै बालबालिकाले एक वर्षभित्रमा खोप लगाइसक्नु पर्ने घोषणा गरिएको छ । जन्मेको १६ दिनदेखि २३ महीनाका सबै बालबालिकाले १५ महीना उमेरभित्र पूर्ण खोप लगाएको हुँदा नगरलाई पूर्ण खोप सुनिश्चित गरिएको अमरगढी नगरपालिकाका पूर्ण खोप समन्वय समितिका सदस्य–सचिव लोकराज पनेरुले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!