अभिनेत्री साम्राज्ञीको आमा-छोरीकै आँखामा आँसु । नाजिर पनि भए भावुक [भिडियोसहित]

0

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता नाजिर हुसेनले मिडियामा प्रति आक्रोश पोखेका छन् । यी दुइ कलाकारले आफ्नोबारे समाचारहरु भ्रामक रुपमा लेखेको भन्दै त्यसप्रति आक्रोश व्यक्त गरेका हुन्।

आइतबार राजधानीमा आयोजित एक प्रेसमिटमा साम्राज्ञी र नाजिरले यस्तो प्रतिक्रिया दिएका हुन्। फिल्म ए मेरो हजुर २ को सफलता सँगै चर्चामा रहेकी नायिका हुन् साम्राज्ञी। त्यसयता उनको मुख्य भूमिकामा रहेका फिल्महरु प्रदर्शनमा आएका छैनन्। पछिल्लो समय फिल्मबाट चर्चा नपाए पनि उनले विभिन्न गसिपको सामना गर्नुपरेको छ। तीमध्ये छातीमुनि खोपिएको ट्याटु र फिल्ममा म गाउँले रोल गर्दिनँ भनेर दिइएको भनिएको अभिव्यक्ति मुख्य छन्।

ती दुई विषयलाई मिडियामा अनावश्यक उछालिएको भन्दै साम्राज्ञी निकै आक्रोशित देखिइन्। फिल्म कायराुका लागि फिलिपिन्स पुगेको बेला त्यहीँबाट ट्याटु आर्टिस्टबाट उनको फोटो सामाजिक सञ्जालमा अपलोड भएको थियो। तर, मिडियामा भने साम्राज्ञी आफैंले फोटो अपलोड गरेको भन्दै भाइरल बनेको थियो। त्यसबाट आफूलाई निकै दुःखी तुल्याएको उनले बताइन्। उनको फोटो सार्वजनिक गर्ने ट्याटु आर्टिस्टले पछि फोटो हटाउँदै माफी समेत मागेका थिए।

हेर्नुहोस् भिडियो :-

Share.

Comments are closed.

error: Content is protected !!