अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार (भिडियोसहित)

0

एजेन्सी : अभिनेत्री तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ। भारतको हैदरबादमा एक अपरिचित व्यक्तिले तमन्नामाथि जुत्ता प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अभिनेत्री तमन्ना हैदरबादमा रहेको एक ज्वेलरीको उद्घाटन कार्यक्रममा अतिथिको रुपमा गएकी थिइन् । सोही क्रममा ३१ वर्षीय व्यक्तिले उनलाई अचानक जुत्ता प्रहार गरेका हुन् । तर तमन्नालाई जुत्ताले भने लाग्न नपाएको स्थानीय प्रहरीले जनाएको छ ।

तमन्नाले लगातार नराम्रो अभिनय गरेको र उनका पछिल्ला फिल्मबाट आफू निराश हुनुपेरकाले जुत्ता प्रहार गरेको ती व्यक्तिले बताएका छन्। तमन्ना चर्चित फिल्म बाहुबलीकी नायिका हुन् ।

जुत्ता प्रहार गर्ने ती व्यक्ति सोधपुछका लागि प्रहरी हिरासतमा हिरासतमा लिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!