अब साउथ ह्याम्प्टनबाट खेल्ने भए मोनाकोका स्ट्राइकर क्यारीलो

0

माघ १२: मोनाकोका स्ट्राइकर गुइडो क्यारीलो साउथ ह्याम्प्टनबाट खेल्ने भएका छन् । अर्जेण्टिनाका २६ वर्षका क्यारीलोलाई मासिक १ करोड ९० लाख पाउण्ड तलब दिने गरी सन् २०२१ सम्मका लागि साउथ ह्याम्प्टनले अनुबन्ध गरेको हो ।

क्यारीलोले साउथह्याम्प्टनका प्रशिक्षक मौरिसियोसँग यसअघि अर्जेन्टीनी क्लब इस्टुडियन्टस्मा पनि खेलेका छन् । क्यारीलोले आफू साउथह्याम्टनसँग खोल्न पाउदा खुशी भएको बताएका छन् ।

‘धेरै कुराले मलाई साउथह्याम्टनमा आवद्ध हुन मद्दत गरेको छ’, क्यारीलोले भनेका छन्, मैले सानैदेखि साउह्याम्प्टनको प्रिमियर लिग हेर्ने गरेको थिए, मैले प्रिमियर लिगलाई संसारकै सबैभन्दा महत्वपूर्ण लिगको रुपमा लिने गरेको छु ।’

साउथह्याम्प्टनका उप–प्रमुख लेस रिडले क्यारीलोले साउथह्याम्टनको अन्तिम सिजनको खेलमा रोमाञ्चक बनाउने विश्वास लिएको बताएका छन् । क्यारीलोले सन् २०१५ पछि अर्जेन्टीनी क्लब इस्टुडियन्टस्बाट मोनोकोमा आबद्ध भएपछि २० गोल गरेर क्लबलाई लिग १ सम्म पुग्न मद्दत गरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!