अब साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

0

तुलसीपुर, दाङ, १३ वैशाख : तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ । उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो । रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

यसैगरी कार्यपालिकाका बैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवाजस्ता नदीजन्य खनिज पदार्थ बिहान छ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ । कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि छिट्टै अनुगमन पनि गरिने उपमहानगरपालिका प्रवक्ता डाँगीले बताउनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!