हेर्नुस् चलचित्र ‘जोनी जेन्टलम्यान’ (भिडियोसहित)

0

भदौ २०, काठमाडौँ : नायक पल शाह र नायिका आँचल शर्मा अभिनीत चलचित्र ‘जोनी जेन्टलम्यान’को सारांश भिडियो युट्युबमा सार्वजनिक भएको छ।

नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष सिलवाल गिरीको मुख्य भूमिका छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।

फिल्ममा रूपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व , केशव थापा र प्रविण सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!