अफगानीस्तानको राजधानी काबुलमा भएको आक्रमणमा ११ जनाको मृत्यु

0

माघ १६, सोमबार अफगानीस्तानको राजधानी काबुलमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

काबुलको सैनीक विश्वविद्यालय नजिकै भएको आक्रमणमा १६ जना सैनीक घाइते भएका छन् । अफगानीस्तानका रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार आक्रमणमा ४ जना आक्रमणकारकिो पनि ज्यान गएको छ भने १ जना पक्राउ परेका छन् ।

घटनाको जिम्मा इस्लामीक स्टेटले लिएको छ । यस महिनामा तालिवान र आइएसको आक्रमणमा काबुलमा धेरैले ज्यान गुमाइसकेका छन् ।

गएको शनिबार एम्बुलेन्समा बिष्फोटक पदार्थ राखेर गरिएको आक्रमणमा सय भन्दा धेरैले ज्यान गुमाएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!