अनुहार गोरो बनाउन रगट्थ्यो ढुंगा र केमिकल, बेश्यालयबाट २ महिलाको उद्दार

0

एजेन्सी : जीबी रोडको दलदलबाट महिला आयोगको सहयोगमा दुइ जना महिलालाई उद्दार गरिएको छ। महिलाका अनुसार उनीहरुलाई अमानविय व्यवहार गर्थ्यो। पिडित महिला पश्चिम बंगालका हुन्। उनीहरुलाई मानव तस्करीहरुले दिल्लीमा ल्याई पुर्याएका थिए। महिला आयोगको एक कलको माध्यमबाट उनीहरु त्यो दलदलबाट मुक्ति पाएका हुन्।

उनीहरु काली भएका कारण बेश्यालयका मालिक्नीले उनीहरुको अनुहार ढुंगाले रगट्ने र केमिकलले धुन लगाउथे। क्रिमहरु पनि लगाउथे किनकी महिलाहरुको अनुहार बिग्रिएमा उसको व्यापारमा असर पर्थ्यो । पुलिसले आरोपी बेश्यालयमा छापा मारेर ति महिलाहरुको मालिक्नी रेश्मालाई पक्राउ पनि गरीसकेका छन्। २८ बर्षिय महिला कलकताबाट जागिरको लागि दिल्ली आएका थिए। आनंद विहार रेलवे स्टेशनमा एक जना युवक भेटे उनले काम लगाईदिन्छु भन्दै बेश्यालय पुर्याए। अर्की महिला २० बर्षका छिन। उनि पनि नोकरीकै लागि दिल्ली आएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!