अनुमतिपत्रविना हेभी भेइकल चलाउने ५५ चालक प्रहरी नियन्त्रणमा

0

त्रिशूली(नुवाकोट), १८ फागुन: तोकिएको चालक अनुमतिपत्रविना मिनीट्रक चलाएको भन्दै नुवाकोट प्रहरीले ५५ चालकलाई आज एकै दिन नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा जाँचचौकी राखी सवारीसाधन जाँच गर्ने क्रममा आइचर मिनीट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हल्का सवारीसाधन चलाउने अनुमतिपत्र लिएका चालकले हेभी भेइकल चलाएकाले गाडीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कँुवरले जानकारी दिनुभयो ।

नियन्त्रित चालकलाई रु दुई हजार जरिवाना गरी पहिलो पटकलाई छाडिएको प्रहरीले जनाएको छ । आज नियन्त्रणमा लिइएका चालक र गाडीको लगत राखी आगामी दिनमा यस्तै गल्ती दोहो¥याएमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीको भनाइ छ । (रासस)

Share.

Comments are closed.

error: Content is protected !!