अनमोललाई बलिउडबाट अफर आएको खुलासा, भन्छन्, ‘म नहुदा नेपाली फिल्म उद्योग डुब्छ’ (भिडियो सहित)

0

काठमाडौं,१२ माघ : नेपाली चलचित्र क्षेत्रका स्टार अभिनेता अनमोल केसीले आफूलाई थुप्रै बलिउड चलचित्रबाट अफर आएको खुलासा गरेका छन् । संचारकर्मीसंगको कुराकानीमा उनले आफूले आधा दर्जनभन्दा बढी बलिउड फिल्म अस्वीकार गरिसकेको बताए ।

अनमोलले आफू बलिउड प्रवेश गरेमा नेपाली फिल्म उद्योग धरापमा पर्ने भएकोले ती अफर अस्वीकार गरेको बताएका छन् । उनले आफू नहुने हो भने नेपाली फिल्म उद्योग डुब्ने दावी समेत गरे । उनले प्रतिप्रश्न गरे ‘म गएँ भने नेपाली फिल्म कसले धान्छ ?’

अनमोलले आफू पिता भुवन केसीको इशारामा नचल्ने पनि बताएका छन् । सिनियर भएकोले पिताको केही कुरा मान्ने भए पनि उनकै इशारामा भने नचल्ने अनमोलको भनाइ हो । उनले आफ्नो छुट्टै पहिचान भएको र आफ्नो जीवनको निर्णय पनि आफैंले लिने बताए ।
अनमोलले के-के भने अनि उनको बारेमा थप कुरा थाहा पाउन तलको भिडियो हेर्नुहोस् :-

हेर्नुहोस् भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!